नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित, ६ हजार ५८४ मत प्राप्त

काठमाडौँ, २३ असोज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्।

१५औँ महाधिवेशनअन्तर्गत शुक्रबार भएकाे मतदान लगत्तै राति अबेरबाट काठमाडौँको राष्ट्रिय सभागृहमा सुरु भएको मतगणना सकिएसंगै सभापतिमा थापा विजयी भएकाे घाेषणा गरिएकाे हाे ।

निर्वाचित सभापति थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन्। उनीसँग प्रतिस्पर्धामा उत्रिएका श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ५४ मत बदर भएका थिए। निर्वाचन समितिका अनुसार ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेका थिए।

सभापतिबाहेकका मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *