सिराहाको सलहेसलाई ताप्लेजुङ गोल्डकप

काठमाडौँ, ३१ साउन । सलहेस युवा क्लब सिराहाले शनिबार चर्च ब्वाइज युनाइटेडलाई २–० ले हराएर अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । गत वर्ष सलहेस उपविजेता बनेको थियो । सलहेसको जितका लागि सुनिल खड्का र विदेशी मुलका खेलाडी युसुफ मलिकले गोल गरे ।

सलहेसले ट्रफीसहित सात लाख दुई हजार ८२ रुपियाँ र उपविजेता चर्च ब्वाइज क्लबले तीन लाख ५० हजार ८२ रुपियाँ प्राप्त गरे । प्रतियोगितामा सलहेस युवा क्लबका छिरिङ गुरुङले सर्वश्रेष्ठ खेलाडी बनेर १५० सिसिको यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरे । सलहेसकै सुनिल खड्का फाइनलमा म्यान अफ द म्याच घोषित भए ।

यसैगरी सलहेसकै रेन्बो चौधरी उत्कृष्ट गोलरक्षक र राजीवकुमार यादव उत्कृष्ट प्रशिक्षक चुनिए । चर्च ब्वाइजका तीन खेलाडी आविस्कार खड्का उत्कृष्ट डिफेन्डर, युवराज ढकाल उत्कृष्ट मिडफिल्डर र आकास राई र उत्कृष्ट फर्वाड चुनिए । आयोजक तेल्लोक स्पोर्टिङ क्लब ताप्लेजुङका सुहाङ लिम्बू उदयमान खेलाडी घोषित भए ।