पहिराले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन, १ भदौ । पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईवटा ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले जनाकारी दिनुभयो ।

पहिरोका कारण काठमाडौं र पोखराबाट बाहिरिने तथा भित्रिने सवारीसाधनहरू बीच बाटोमै रोकिएका छन्, जसले गर्दा यात्रुहरू अलपत्र परेका छन्।