बार्सिलोनाको विजयी सुरुआत

बार्सिलोना, १ भदौ । बार्सिलोनाले ला लिगा उपाधि रक्षा अभियान जित सुरु गरेको छ । बार्सिलोनाले शनिबार राति पहिलो खेलमा मायोर्कालाई ३–० ले हरायो ।

घरेलु टिम मायोर्काले पूर्वार्धमै दुई रातो कार्ड पाएकोले पनि बार्सिलोनालाई खेल सहज बन्यो । बार्सिलोनाका लागि राफिना, लामिने यमाल र फेरान टोरेजले गोल गरे ।

अन्य खेलमा आल्भेजले लेभान्टेलई २–१, राया भालेकानोले गिरोनालाई ३–१ र भिलारियलले ओभिएडोलाई २–० ले हराए । लेभान्थे र ओभिएडो यस सत्रमा शीर्ष लिगमा उक्लेका टिम हुन् ।