सिटी र टोटेनहामको सहज जित

लन्डन, १ भदौ । प्रिमियर लिगमा शनिबार राति म्यान्चेस्टर सिटी, टोटेनहाम र सन्दरल्यान्डले सहज जित हात पारेका छन् ।
इर्लिङ हालान्डले दुई गोल गरेपछि म्यान्चेस्टर सिटीले वोल्भरह्यामपटनलाई ४–० ले हरायो । सो खेलमा हालान्डले दुई गोल गरे ।
नयाँ खेलाडी राइडर्स र रायन चर्कीले गोल थपे । चर्कीले स्थनापन्न खेलाडीको रुपमा मैदान प्रवेश गरेर गोल गरेका हुन् । अन्य खेलमा टोटेनहामले बर्नली र सन्दरल्यानडले वेस्ट ह्यामलाई मसान ३–० ले हराए ।