टोटेनहामले म्यान्चेस्टर सिटीलाई उसकै मैदानमा हरायो

म्यान्चेस्टर सिटी, ८ भदौ । टोटेनहामले उपाधि दावेदार म्यान्चेस्टर सिटीलाई उसकै मैदानमा २–० ले हराएर यस सत्रको प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ ।
टोटनहामका लागि बे्रनन जोन्सन र जोआओ पाल्हिनाले गोल गरे । खेलको ३७ औँ मिनेटमा रिचर्लिसनको क्रसमाा जोन्सनले गोल गरे भने पूर्वार्धको इन्जुरी समयमा पाल्हिानाले सिटीको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल थपे । डिफेन्डर निको गोन्जालेजले गोलरक्षक जेम्स ट्राफडलाई दिएको कमजोर पासमा बल प्राप्त गर्दै पाल्हिनाले गोलपोस्ट नजिकबाट गोल गरेका हुन् ।
म्यान्चेस्टर सिटील यस सत्रमा दोस्रो खेलमै पराजय वेहोरेको हो । पहिलो खेलमा टोटेनहामले बर्नलीलाई ३–० र सिटीले वोल्भरह्याम्पटनलाई ४–० ले हराएका थिए ।