रियल म्याड्रिडको जितमा एमबापेका दुई गोल

म्याड्रिड, ९ भदौ । किलियन एमबापेले दुइ तथा स्थनापन्न खेलाडीको रुपमा मैदान प्रवेश गरेका भिन्सियस जुनियरले एक गोल गरेपछि स्पेनी लिगमा रियल म्याड्रिडले ओभिएडोलाई ३–० ले हराएको छ । ओभिएडो यस सत्रमा शीर्ष लिगमा बढुवा भएको टिम हो ।

प्रशिक्षक जाभी अलोन्सोले ब्राजिलियाली स्ट्राइकर जुनियरलाई सुरुमा बेन्चमा राखेका थिए । यद्यप जुनियरले वैकल्पिक खेलाडीको रुपमा मैदानमा छिरेर गोल गरी टिमको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।

म्याड्रिडको यो लगातार दोस्रो जित हो । स्पेनी लिगको सुरुआतमा तीन टिम रियल म्याड्रिड, बार्सिलोना र भियारियलले मात्र सुरुका दुई खेल जितेका छन् । शर्ष स्थानमा भियारियल छ । भियारियलले गिरोनालाई ५–० ले हरायो । अर्को खेलमा ओसासुनाले भ्यालेन्सियालाई १–० ले पराजित गर्यो । यसैगरी रियल सोसिड्याडले दुई गोलले पछाडि परेर पनि इस्पानियोललाई २–२ ले बराबरीमा रोक्न सफल भयो ।