सुनको भाउमा वृद्धि, चाँदी पनि उकालो लाग्याे

काठमाडौँ, १० भदौ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।

सोमबारको तुलनामा आज छापावाल सुनको भाउ प्रतितोला रु १,५०० ले बढेको हो भने चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आजका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. १ लाख ९८ हजार ७०० कायम गरिएको छ। यसअघि सोमबार सुन प्रतितोला रु. १ लाख ९७ हजार २०० मा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला रु. ५ ले बढेर रु. २,३६० पुगेको छ। हिजो यसको मूल्य रु. २,३५५ थियो।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस ३,३७२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको जनाएको छ, जसको प्रभाव स्थानीय बजारमा परेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *