मेसीका दुई गोलले इन्टर मियामी लिग्स कपको फाइनलमा

न्युयोर्क, १२ भदौ । लियोनेल मेसीले दुई गोल गरेपछि इन्टर मियामी बिहिबिार ओर्लान्डोलाई ३–१ ले हराएर लिग्स कपको फाइनमला पुगेको छ । मेसीको मयामले फाइनलमा एलए ग्यालेक्सी अथवा सियाटलमध्ये एकविरुद्ध खेल्नेछ । यसअघि, सन् २०२२ मा यो प्रतियोगता जितेको मियामी दोस्रो पटक लिग्स कप जित्ने दाउमा छ ।

यसअघि घाइते रहेका मेसीले पछिल्ला दुई हप्तामा दोस्रो पटक मैदानमा पुनरागमन गरेका हुन् । सो खेलमा मार्को पासालिचको गोलबाट ओर्लान्डोले अग्रता बनाएको थियो । खेलको ७७ औँ मिनेटमा मेसीले पेनाल्टीमा बराबरी गोल गरे । खेलको ८८ औँ मिनेटमा जोर्डी अल्बासँगको तालमेलमा मेसीले अर्को गोल थपे । मियामीको लागि तेस्रो तथा अन्तिम गोल टेलास्को सेगोभियाले गरे ।

सो खेलमा ओर्लान्डोका डिफेन्डर डेभिड ब्रेकालोले रातो कार्ड पाएका थिए ।