रियल म्याड्रिडको लगातार तेस्रो जित
म्याड्रिड, १५ भदौ । भिनिसियस जुनियर र आर्डा गुलरले गोल गरेपछि रियल म्याड्रिडले आइतबार मार्योकालाई २–१ ले हराएको छ । रियल म्याड्रिडको यो लागतार तेस्रो जित हो ।
खेलको १८ औँ मिनेटमा पाब्लो टोरेको कर्नर प्रहारमा भेडाट मुरिकीले गोल गरि रियल म्याड्रिडलाई स्तब्ध पारेका थिए । खेलको ३७ औँ मिनेटमा २० वर्षीय सेन्ट्रल डिफेन्डर डिन हुसेन क्रसमा गुलरले हेड गोल गरी खेल बराबर गरे । त्यसपछि अर्को मिनेटमै मार्कोकाले मिडफिल्डमा बल गुमाएको फाइदा उठाउँदै ब्राजिलियाली स्ट्राइकर जुनियरले गोल गरे ।
म्याड्रिड शहरको अर्को ठूलो क्लब एट्लेटिको भने आल्भेसमा १–१ ले बराबरीमा रोकिएको छ । य ससत्रमा तीन खेल खेलिसक्दा एट्लेटिको अझै जितविहिन छ । यसअघिका खेलमा डिएगो सिमियोनीको
टिम एट्लेटिको म्याड्रिडले इस्पानियालसँग हार वेहोरेको थियो भने बढुवा भएको टिम इल्चेसँग पनि १–१ ले बराबरीमा खेलेको थियो । यस सत्रमा बढुवा हुने अर्को टिम ओभिएडोले भने रियल सोसिड्याडलाई १–० ले हरायो । ओभिएडोको यो पहिलो जित हो । अर्को खेलमा सेभियाले गिरोनालाई २–० ले हरायो । गिरोनाले लातार तीन हारपछि अङ्क तालिकाको पुछारमा छ ।