म्यान्चेस्टर सिटीको लगातार दोस्रो हार
लन्डन, १५ भदौ । प्रिमियर लिगमा म्यान्चेस्टर सिटी आइतबार ब्राइटनसँग २–१ ले स्तब्ध भएको छ । सिटीको यो लगातार दोस्रो हार भएको छ । गत हप्ता टोेटनहामले सिटीलाई उसकै मेदानमा २–० ले हराएको थियो ।
चार वर्ष लगातार प्रिमियर लिग च्याम्पियन बनेपछि गत सत्र सिटीले आफ्नो अधिपत्य गुमाएपछि लिभरपुलले उपाधि जितेको थियो । यस सत्रमा त सिटीको सुरुआत नै कमजोर बनेको छ ।
पूर्वार्धमा स्ट्राइकर इर्लिङ हालान्डको गोलबाट सिटले अग्रता बनाएको थियो । हालान्डले १०० प्रिमियर लिग खेल खेलेर ८८ गोल गरेका छन् । खेलको ६७औँ मिनेटमा ३९ वर्ष २३९ दिनका जेम्स मिल्नरले पेनाल्टीमा गोल गरी खेल बराबर गरे । प्रिमियर लिगमा मिल्नर गोल गर्ने दोस्रो सबभन्दा पाको उमेरका खेलाडी बनेका छन् । मिल्नर प्रिमियर लिगमा गोल गर्ने दोस्रो कान्छा खेलाडी पनि हुन् । उनले १६ वर्षको उमेरमा लिड्सका लागि गोल गरेका थिए । खेलको ८९ आँ मिनेटमा ब्रायन गु्रडाले विजयी गोल गरे । एपी