उरुग्वे, कोलम्बया र पाराग्वे विश्वकपमा छनोट
मोन्टेभिडियो, २० भदौ । दक्षिण अमेरिकी समूहबाट शुक्रबार उरुग्वे, कोलम्बिया र पाराग्वे विश्वकप फुटबलमा छनोट हुन सफल भएका छन् ।
उरुग्वेले पेरु तथा कोलम्बियाले बोलिभयालाई समान ३–० गोल अन्तरले हराए । पाराग्वेलाई भने इक्वेडरसँगको गोलरहित बराबरीले पनि विश्वकपमा पुर्यायो । दक्षिण अमेरिकी समूहबाट अर्जेन्टिना, ब्राजिल र इक्वेडर पहिले नै छनोट भइसकको छन् ।
ब्राजिले शुक्रबारै चिलीलई ३–० ले हराएर अङ्क तालिकाको दोस्रो स्थानमा उक्लियो ।