इङडल्यान्डको अप्रभावशाली जित

लन्डन, २२ भदौ । विश्वकप छनोटमा इङगल्यान्डले आफ्ना् शतप्रतिशत जितको नतिजा कायम राख्दै शनिबार राति एन्डोरालाई २–० ले हराएको छ । समूह के मा इङगल्यान्डको यो लगातार चौथो जत हो । इङगल्यान्डका लाग डेक्लान राइसले गोल गरे । एक गोल इङगल्यानडले उपहारको रुपमा पाएको थियो । एन्डोराका क्रिस्टियन गार्सियाले आत्मघाती गोल गरेका हुन् ।

इङगल्यान्डले जित प्राप्त गरेपनि तुलनात्मकरुपमा कमजोर एन्डोराविरुद्ध प्रभावशाली प्रदर्शन भने गर्न सकेन । प्रमुख स्ट्राइकर तथा कप्तान ह्यारी केन गोलपोस्ट अगाडि सफल भएनन् । एन्डोरा फिफा वरीयतामा १७४ औँ स्थानमा रहेको टिम हो ।