स्वर्ण विजेता सनी सम्मानित

काठमाडौँ, २२ भदौ । सिम्रिक युवा क्योकुसिन कराते डो– वज्रले २५ औं दक्षिण एसियाली अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराते खुला प्रतियोगिताका स्वर्ण विजेता सनी सिंलाई नगदसहित सम्मान गरेको छ ।

काठमाडौं महानगरपालिका वडा १७ का अध्यक्ष नवीन मानन्धर र सिम्रिकका अध्यक्ष पुष्पमान मानन्धरले सनीलाई दस हजार रुपियाँसहित सम्मान गर्नुभयो ।

श्रीलङकामा गत साउन ११ गते भएको प्रतियोगितामा सनीले २० खेलाडी सहभागी खुला तौलसमूहमा चार खेलाडीलाई पराजित गरी स्वर्ण जितेको अध्यक्ष पुष्पमानले जनाउनुभएको छ ।