विश्वकप छनोटमा नेदरल्यान्ड्स विजयी, डिपे सर्वाधिक गोलकर्ता
लन्डन, २३ भदौ । विश्वकप फुटबल छनोटमा नेदरल्यान्ड्सले सोमबार लिथुवानियालाई ३–२ ले हराएको छ । सो खेलमा स्ट्राइकर मेम्पिस डिपेले दुई गोल गरे । यी गोलसँगै डिपे नेदरल्यान्ड्सका लागि सर्वाधिक गोकलर्ता बनेका छन् । डिपेको अन्तर्राष्ट्रिय गोलसङ्ख्या ५२ पुगेको छ । उहाँले रोविन भान पर्सी (५०) गोलले उछिनेका हुन् ।
३१ वर्षीय डिपेले खेलको ११ र ६३ औँ मिनेटमा गोल गरे । समूह जीमा रहेको नेदरल्यान्ड्सले चार खेलमा दस अङ्क हासिल गरेर शीर्ष स्थान बनाएको छ ।