विश्वकप छनोटमा स्पेनको फराकिलो जित

म्याड्रिड, २३ भदौ । मिकेल मेरिनोले ह्याट्रिक गरेपछि विश्वकप फुटबल छनोटमा स्पेनले टर्कीलाई ६–० ले सजिलै हराएको छ ।

यस नतिजासँगै स्पेनले समूह इमा दुई खेलबाट शतप्रतिशत छ अङ्क बनाएको छ । स्पेनका लागि पेड्रीले पनि दुई गोल गरे । फेरान टोरेजले पनि गोलकर्ताको नाममा आफ्नो नाम लेखाए ।

युरोपेली विजेता स्पेनपछिको स्थानमा जर्जिया रहेको छ । जर्जियाले बुल्गेरियालाई ३–० ले हरायो ।