एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल र फिलिपिन्स आज भिड्दै

काठमाडौँ, २४ भदौ । एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत समूह ‘के’ अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल मङगलबार फिलिपिन्ससँग खेल्दै छ ।

ताजिकिस्तानमा जारी छनोट प्रतियोगताअन्तर्गत सुरुका दुई खेल हारेपछि नेपाल एएफसी यु २३ मा छनोट हुने होडबाट लगभग विदा भइरहेको छ । नेपाल पहिलो खेलमा आयोजना ताजकिस्तानसँग ४–० र दोस्रो खेलमा सिरियासँग ४–२ ले पराजित भएको थियो । फिलिपिन्सको भने छनोट हुने सम्भवना कायम छ । पहलो खेलमा सिरियासँग २–१ ले हारेको फिलिपिन्सले दोस्रो खेलमा घरेलु टिम ताजकिस्तानलाई १–० ले स्तब्ध पारेको थिये ।

ताजिकिस्तानको डुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल र फिलिपिन्सले नेपाली समयअनुसार साँझ ६ः४५ बजे खेल्नेछ ।

नेपाली टोली ः
गोलकिपर ः कृशल मोक्तान, अमित टमाटा, विशाल केसी
डिफेण्डर ः विवेक गुरुङ, बिशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु, सेमान्ता थापा
मिडपिल्डर ः अभिषेक स्याङ्तान, आयुष घलान, एरोन थापा, निराज कार्की, दिपेश गुरुङ, कृतिश रत्न चुन्जु, पुजन थापा, संजीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित श्रेष्ठ
फरवार्ड ः रोहन खड्गी, निराजन धामी