ट्युनिसिया विश्वकप फुटबलमा चयन

लन्डन, २४ भदौ । ट्युनिसिया मङगलबार इक्वेटोरियल गुयनालाई १–० ले हराएर विश्वकप फुटबलमा चयन भएको छ । मोहम्मद अली बेन रोमधानको गोलले ट्युनिसियालाई विश्वकमा पुर्यायो ।

उत्तरी अमेरिकी समूहबाट ट्युनिसियाले दुई खेल बाँकी छँदै स्थान बनाएको हो । छनोट चरणमा ट्युनिसियाले अहिलेसम्म गोल पनि वेहोरेको छैन । समूह एचमा ट्युनिसियाले आठ खेलबाट २२ अङ्क बनाएको छ । ट्युनिसया दोस्रो स्थानमा रहेको नामिबियाभन्दा दस अङ्कले अगाडि भएको छ ।

विश्वकपमा ट्युनिसियाको यो सातौँ प्रवेश हो । ट्युनिसयाले लगातार तेस्रो पटक विश्वकपमा स्थान बनाएको हो । पछिल्ला दुई संस्करणमा ट्युनिसिया समूह चरणबाटै विदा भएको थियो ।