आर्सनलको तेस्रो जित

लन्डन, २८ भदौ । इङगलिस प्रिमियर लिगमा आर्सनलले शनिबार नटिङघम फरेस्टलाई ३–० गोलले पराजित गरेको छ ।

घरेलु टिमका लागि माटिर्न जुबिमेन्दीले दुई तथा भिक्टर ग्योकरेसले एक गोल गरे । खेलको ३१ औँ मिनेटमा स्पेनी खेलाडी जुबिमेन्डील्ले भली प्रहारमार्फत् दर्शनीय गोल गरे । खेलको ७९ औँ मिनेटमा उहाँले लियानार्डो ट्रोसार्डको क्रसमा हेड गोलमार्फत् उनले व्यक्तिगत दोस्रो गोल गरे ।

यसअघि, उत्तरार्धको पहिलो मिनेटमै इबिरेची इजीको पासमा ग्योकरेसले गोल गरी आर्सनलको अग्रता दोब्बर पारेका थिए ।