आर्सनल, काराबाग र युनियन विजयी

लन्डन, १ असोज । च्याम्पियन्स लिगमा आर्सनलले मङगलबार राति स्पेनको एथ्लेटिको बिल्बाओलाई २–० ले हराएको छ ।

आर्सनलका लागि दुवै गोल स्थानापन्न खेलाडीले गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेको एक मिनेटपछि नै गाब्रियल मार्टिनेलीले गोल गरेका थिए । यसैगरी भिक्टर ग्योकेरेसको स्थानमा मैदान छिरेका लियान्ड्रो ट्रोसार्डले दोस्रो गोल गरे ।

अन्य खेलमा काराबागले बेन्फिकामा ३–२ र नवप्रवेशी बेल्जियमको युनियन सेन्ट गिलोइसले पिएसभी आयन्डहोभनले ३–१ ले हराए ।