गत उपविजेता इन्टर मिलानको पहिलो खेलमा जित

मिलान, २ असोज । इटालियन सिरि ए टिम इन्टर मिलानले नेदरल्यान्ड्सको आयाक्सलाई २–० ले हराएर च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेको छ ।
इन्टरका लागि दुवै गोल मार्कस थुरामले सशक्त हेडरमार्फत् गोल गर्नुभयो । सन् १९७२ को फाइनलमा आयाक्सले इन्टर मिलानलाई हराएर उपाधि जितेको थियो । इन्टर मिलान पछिल्लो संस्करणमा फाइनलमा पेरिस सेन्ट जर्मनसँग पराजित भएको थियो ।