च्याम्पियन्स लिगमा बार्सिलोना र सिटी विजयी

लन्डन, ३ असोज । च्याम्पियन्स लिगमा शुक्रबार उपाधि दावेदारदय बार्सिलोना र म्यान्चेस्टर सिटीले जित हासिल गरेका छन् । बार्सिलोनाले न्युक्यासललाई उसकै मैदानमा २–१ ले पराजित गर्यो । इङगल्यान्डका स्ट्राइकर मार्कस रयासफर्डले बार्सिलेनाका लागि दुवै गोल गरे । यस सत्रमा र्यासफर्ड भाँडामा म्यान्चेस्टर युनाइटेडबाट बार्सिलोना पुगेका हुन् ।

बेल्जियमका केभिन डि बु्रयन नापोलीको साथमा इङगल्यान्डको भूमिमा फर्के आप्mनो पूर्व क्लब म्यान्चेस्टर सिटीविरुद्ध खेल्न । तर इटालीको नापोलीलाइ सिटीले २–०ले पराजित गर्यो । सिटीका लागि इर्लिङ हालान्ड र जेरेमी डोकुले गोल गरे । सो खेलमा नापोली दस खेलाडीमा सीमित बनेको थियो । सिटीमा दस वर्ष बिताएछि डि बु्रयन नापोली पुगेका हुन्

अन्य खेलमा नवप्रवेश काजखस्तानका कैरातलाई स्पोर्टिङ लिस्बनले ४–१, जर्मनीको फ्रान्कफटले टर्कीको गालाटसरेलाई ५– १ तथा क्लब बु्रगले मोनाकोलाई ४– १ले हराए । कजर्मनीको क्लब बायर लिभरकुसेन र डेनमार्कको क्लब एफसी कोपनहेगनबिचको खेल भने २–२ ले बराबरीमा सकियो । एपी