मार्सेसँग पिएसजी स्तब्ध
पेरिस, ७ असोज । फ्रान्सको लिग वनमा सोमबार राति मार्सेले उपाधि रक्षा अभियानमा रहेको पेरिस सेन्ट जर्मनलाई १–० ले हराएको छ । मार्सेले घरेलु मैदानमा १२ खेल हारेपछि पिएसजीलाई हराएको हो । खेलको पाँचौँ मिनेटमा मोरोक्कोका नायफ अगुर्डले गरेको गोल निर्णायक बनेको हो ।
मार्से जितपछि पाँच खेलमा नौ अङ्क हासल गरी छैटौँ स्थानमा उक्लेको छ । पिएसजी संयुक्तरुपमा मोनाकोसँग शीर्ष सथानमा रहेको छ । दुवै टिम १२–१२ अङकमा रहेका छन् ।