सेयर बजारमा कारोबारसँगै घट्यो नेप्से

काठमाडौं, ८ असोज । बुधबार सेयर बजारमा गिरावट आएकाे छ । नेप्से २७.८९ अंक घटेर २६५४ अंक कायम भएको हाे ।

यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब २९ करोडको कारोबार भएकोमा आज ४ अर्ब १२ करोडको भयो । बजारमा दशैं प्रभाव कारोबार रकममा देखिएको छ ।

बजारमा ५३ कम्पनीको मूल्य बढ्दा १९३ को घट्यो भने ५ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह ०.८५ प्रतिशत बढ्यो । होटल बाहेकका समूह सूचक घटेका छन् । अन्य समूह सबैभन्दा धेरै २.१६ प्रतिशत घट्यो ।

बैंकिङ ०.७३, विकास बैंक १.१३, हाइड्रोपावर ०.९६, लगानी १.९०, जीवन बीमा ०.५२, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.८४, निर्जीवन बीमा १.५१ तथा व्यापार समूह १.६५ प्रतिशत घटे ।

तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा माथिल्लो मैलुङखोला जलविद्युत्, सिटी होटल र हिमस्टार ऊर्जा कम्पनी छन् ।

त्यस्तै उन्नति सहकार्य लघुवित्तको ५.३८, राप्ती हाइड्रोको ४.६३, बुटवल पावरको ४, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.९७ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स र शिवम् सिमेन्ट छन् ।