निरन्तर घट्यो नेप्से, काराेबार रकम ३ अर्ब २६ करोड मात्रै

काठमाडौं, ९ असाेज । साताको अन्तिम कारोबार दिन पनि शेयर बजार घटेर बन्द भएकाे छ । कर्मचारीहरूकाे आन्दोलनका कारण शेयर बजार पनि सुस्ताएको हो ।
बिहीबार नेप्से परिसूचक २.३५ अंक घटेर २६५२.०० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०४ अंक घटेको छ। आज ३ अर्ब २६ करोड ४ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा १०७ कम्पनीको शेयरमूल्य बढ्दा १३९ वटाको घटेको छ । घटेको बजारमा एक कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा हिमस्टार ऊर्जा कम्पनी लिमिटेड रहेको छ । यस कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।
सिटी होटल लिमिटेड लगानीकर्ताहरूले सर्वाधिक गुमाए । यस कम्पनीको शेयरमूल्य ७.५५ प्रतिशतले घटेको छ । नेपाल रि–इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ३० करोड ९० लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।