रियल म्याड्रिडसँग दुरी घटाउँदै बार्सिलोना

म्याड्रिड, १० असोज । स्पेनी लिगमा बिहिबार राति गत विजेता बार्सिलोनाले नवप्रवेशी ओभिएडोलाई ३–१ ले पराजित गरेको छ ।

खेलको ३३ औँ मिनेटमा बार्सिलोनाका गोलरक्षक जोआन गार्सियाको गल्तीमा अलवर्टो रैनाले गोल गरेपछि ओभिएडोले अनपेक्षित अग्रता बनाएको थियो । उत्तरार्धमा इरिक गार्सिया, रोवर्ट लेवान्डोस्की र रोनाल्ड अराउजोले गोल गरी बार्सिलोनालाई जित दिलाए ।

अपराजित बार्सिलोनाको यो छ खेलमा पाँचौँ जित भएको छ । शीर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा बार्सिलोना दुई अङ्कले पछाडि छ ।