युरोपा लिगमा एस्टन भिल्लाको जित

लन्डन, १० असोज । युरोपा लिगमा प्रिमियर लिग क्लब एस्टन भिल्लाले बिहिबार राति इटालीको बोलोग्नालाई १–० ले हराएको छ । खेलको १३ औँ मिनेटमा कप्तान जोन म्याकगिनले गरेको गोल निर्णायक बन्यो । उत्तराद्र्धमा ओली वाट्किन्सको पेनाल्टीमा गोल गर्न नसक्दा भिल्लाले अग्रता दोब्बर भने पार्न सकेन ।
अर्को खेलमा बेल्जियमको गेन्कले पनि रेन्जर्सलाई १–० ले नै हरायो । दक्षिण कोरियाका स्ट्राइकर ओ हियोङ ग्युले उत्तरार्धको दशौँ मिनेटमा निर्णायक गोल गरे । खेलको ४१ औँ मिनेटमा रेन्जर्सका मिडफिल्डर मोहम्मद डियोमान्डेले रातो कार्ड पाएका थिए ।