म्यान्चेस्टर युनाइटेडको खराब प्रदर्शन जारी

लन्डन, ११ असोज। इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले अर्को हार वेहोरेको छ । ब्रेन्टफोर्डले शनिबार म्यान्चेस्टर युनाइटेडलाई ३–१ ले हरायो । यस सत्रमा छ चरण सकिँदा म्यान्चेस्टर युनाइटेड तीन खेलमा पराजित भइसकेको छ ।

म्यान्चेस्टर युनाइटेडले यसअघि आर्सनल र म्यान्चेस्टर सिटीसँग हार वेहोरेको थियो । यसैगरी म्यान्चेस्टर युनाइटेड इङगलिस लिग कपबाट बाहिरिसकेको छ । चौथो श्रेणको क्लब ग्रिम्स्बीले म्यान्चेस्टर युनाइटेडलाई स्तब्ध पारेको हो ।

ब्रेन्टफोर्डका ब्राजिलका स्ट्राइकर इगोर थियागोले सुरुमै दुई गोल गरेपछि म्यान्चेस्टर युनाइटेडले हार वेहोर्न बाध्य भएको हो । ब्रेन्टफोर्डका लागि इन्जुरी समयमा म्याथियस यान्सेनले पन गोल गरे । म्यान्चेस्टर युनाइटेडका लागि बेन्जिामिन सेस्कोले गरेको गोल सान्त्वना बन्यो

म्यान्चेस्टर युनाइटेडका कप्तान बु्रनो फर्नान्डेजले खेलको ७६ औँ मिनेटमा पेनाल्टीमा गोल गर्न नसक्दा पनि म्यान्चेस्टर खेलमा फर्किन सकेन । फर्नान्डेजको प्रहारलाई ब्रेन्टफोर्डका गोलरक्षक काइओहिन केलिहरले रोकेका थिए । गत महिना फुल्हमविरुद्धको खेलमा पनि फर्नान्डेज गोल गर्न असफल भएका थिए ।