च्याम्पियन्स लिगमा रियल म्याड्रिड र बायर्न म्युनिख विजयी, लिभरपुल पराजित

लन्डन, १५ असोज । च्याम्पियन्स लिगमा रियल म्याड्रिड र बायर्न म्युनिखले फराकिलो जत हात पारेको छ । अर्को ठूलो क्लब लिभरपुल भने गालाटसारेसँग १–० ले स्तब्ध भयो । भिक्टर ओसिमहेनले पेनाल्टीमा गरेको गोलको जवाफ लिभरपुरल अन्तिम समयसम्म दिन सकेन ।

किलियन एमबापेको ह्याट्रिकको सहयोगमा रियल म्याड्रिडले काजखस्तानको कैरात अल्माटीलाई ५–० ले पराजित गर्यो । यसैगरी ह्यारी केनले दुई गोल गरेपछि जर्मनीको च्याम्पियन बायर्न म्युनिखले साइप्रसको पाफोसलाई ५–१ ले हरायो । स्पेनको एट्लेटिको म्याड्रिडले पनि जर्मनीको फ्रान्कफर्टलाई ५–१ ले पराजित गर्यो

चेल्सीले घरेलु मैदानमा बेन्फिकालाई १–०ले हरायो । बेन्फिकाका रिचर्ड रियोसेले आत्मघाती गोल गरेपछि चेल्सी खेल जित्न सफल भएको हो । अर्को खेलमा फ्रान्सको मार्सेले नेदरल्यान्ड्सको आयाक्सलाई ४–० ले हरायो । इटालीका दुई क्लब इन्टर मिलान र एट्लान्टाले पनि जित प्राप्त गरे । लाउटारो मार्टिनेजले दुई गोल गरेपछि इन्टर मिलानले स्लाभियो प्रागलाई ३–१ ले एट्लान्टाले पुनरागमन जित हात पार्ने क्रममा क्लब बु्रगलाई २–१ निराश बनायो । यसैगरी टोटेनहामले नर्वेको च्याम्पियन बोडो÷ग्लिम्टसँग २–२ ले बराबरीमा खेल्यो ।