म्यान्चेस्टर सिटी, इभर्टन र न्युक्यासल विजयी

लन्डन, २० असोज । प्रिमियर लिगमा आइतबार राति म्यान्चेस्टर सिटी, इभर्टन र न्युक्यासलले जित हात पारेका छन् ।
सिटीले ब्रेन्टफोर्डलाई १–० ले हरायो । ब्रेन्टफोर्डविरुद्धको खेलमा इर्लिङ हलान्डले निर्णायक गोल गरे । चालू लिगमा हालान्ड नौ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका छन् । यस सत्रमा हालान्डले आप्mनो क्लब र देशका लागि ११ खेलमा १८ गोल गरिसकेका छन् ।
अर्को खेलमा इभर्टनले क्रिस्टल प्यालेसको अपराजित यात्रा समाप्त पार्यो । इभर्टनले २–१ ले जित प्राप्त गर्यो । इन्जुरी समयको तेस्रो मिनेटमा ज्याक ग्रिलिसले गरेको गोल निर्णायक बन्यो । खेलको ३७ औँ मिनेटमा डेनियल मुनोजको गोलबाट क्रिस्टल प्यालेसले अग्रता बनाएको थियो । खेलको ७६ औँ मिनेटमा इलिमान एनडियाइको पेनाल्टी गोलबाट खेल बराबर गरे ।
यस नतिजासँगै एफए कप विजेता क्रिस्टल प्यालेसको अपराजत यात्रा १९ खेलपछि सकिएको छ न्युक्यासलले नटिङघम फरेस्टलाई २–० ले पराजित गर्यो । न्युक्यासललका लागि बु्रनो ग्युइमारेज र निक वोल्डमाड (पेनाल्टी)ले गोल गरे ।