भियतनाम जाने नेपाली फुटबल टिमको विदाइ

काठमाडौँ, २० असोज । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत भियतनामविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीलाई सोमबार बिदाइ गरिएको छ ।

सातदोवाटोस्थित एन्फा क्म्प्लेक्समा नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा पदाधिकारीले शुभकामनासहित विदाइ गर्यो । नेपाली टोली मङ्लबार भियतनाम प्रस्थान गर्नेछ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले छनोटको समूह ‘एफ’ मा रहेको नेपालले भियतनामसँग अक्टोबर ९ र १४ मा पहिलो र दोस्रो लेग खेल्ने तालिका छ ।

एफसी एसिया कप छनोट २०२७ अन्तर्गत नेपालले भियतनामसँगको दुवै खेल उसकै मैदानमा खेल्दैछ । यसअघि नेपालले मलेसियामा २–० र लाओसमा २–१ ले हार वेहोरेको थियो । नेपाल अङ्क तालिकामा अन्तिम स्थानमा रहेको छ ।

भियतनाम दुई खेलपछ तीन अङ्कसहित दोस्रो स्थानमा रहेको छ । एएफसीले सन् २०२७ मा सउदी अरबमा हुने प्रतियोगितामा खेल्न २४ टिमलाई छ समूहमा विभाजन गरेको छ । समूह विजेता टिमहरु मात्र अगाडी बढ्ने प्रावधान रहेको छ ।