पार्टीलाई एकता चाहिएको बेला पुनर्गठनको बहस असान्दर्भिक- भानुभक्त ढकाल

भक्तपुर, २३ असोज । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वयका प्रमुख भानुभक्त ढकालले पार्टीलाई चौत्र्फी आक्रमण भइरहेका बेला पार्टीभित्र पुनर्गठनको बहस उठाउनु असान्दर्भिक भएको बताउनुभएको छ ।
पार्टीको भक्तपुर जिल्ला कमिटीले आज गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै ढकालले सो कुरा बताउनुभएको हो । उहाँले एमालेमा नेतृत्वको गठन र पुनर्गठन भइरहने भएकोले यसको पनि उचित फोरमबाट निक्र्यौल हुने बताउनुभयो ।
‘एमालेमा नेतृत्वको गठन र पुनर्गठन स्वभाविक हो । यो हुन्छ नै तर अहिले बैरीले आक्रमण गरेका बेला एकता चाहिन्छ’ ढकालले भन्नुभयो ‘यस्तो विषय पार्टीको महाधिवेशन वा केन्द्रीय कमिटीले किनारा लगाउन सक्छ । तर अहिले पार्टी भित्र एकताको खाँचो छ ।’
पार्टी पुनर्गठनका नाममा अनेक प्रकारका प्रचारबाजी गर्नु उपयुक्त नभएको उहाँले बताउनुभयो । उहाँले भदौ २० देखि २२ गते सम्म भएको दोस्रो विधान महाधिवेशनले तय गरेको बाटोमा जेनजी आन्दोलनले उठाएका सही एजेण्डालाई पार्टीले समेट्ने बताउनुभयो ।