नर्वेको जितमा हालान्डको ह्याट्रिक, इटाली पनि विजयी

ओस्लो, २६ असोज । विश्वकप छनोटअन्तर्गत युरोेपेली समूहमा इर्लिङ हालान्डको ह्याट्रिकको सहयोगमा नर्वेले इजरायललाई ५–० ले हराएको छ ।

सो खेलमा हालान्डले पेनाल्टीमा गोल गर्न सकेका थिएनन् । हालान्डले नर्वेका लागि ४६ खेलमा ५१ गोल गरिसकेका छन् । हालान्डले २७, ६३ र ७२ औँ मिनेटमा गोल गरी ह्याट्रि«क पूरा गरे । इजरायलका अनान खलाइली र डान नाचमियासले आत्मघाती गोल गरेका थिए ।

नर्वे छ खेलै जितेर अङ्क तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको इटाली छ अङ्कले पछाडि छ । सो राति इटालीले इस्टोनियालाई ३–१ ले हराएको थियो ।