घाना विश्वकपमा चयन
अकरा (घाना), २७ असोज । अफ्रिकी छनोट समूहबाट घाना सन् २०२६ मा हुने विश्वकप फुटबलमा चयन भएको छ । घाना आगामी विश्वकपमा खेल्न योग्य हुने अफ्रिकाको पाँचौँ राष्ट्र हो । यसअघि, अल्जेरिया, इजिप्ट, मोरोक्का र ट्युनिसियाले पनि अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने विश्वकपमा स्थान बनाइसकेका छन् ।
सन् २०१० मा विश्वकपको क्वाटरफाइनलसम्मको यात्रा गर्ने घानालाई समूह आइको अन्तिम खेलबाट विश्वकपमा पुग्न कोमोरोसविरुद्ध एक अङ्क आवश्यक थियो । घानाले घरेलु मैदानमा कोमोरोसलाई १–० ले हरायो । टोटनहामका फरवार्ड मोहम्मद कुडुसले खेलको ४७ औँ मिनेटमा निर्णायक गोल गरे ।
अफ्रीकी समूहबाट नौ टिम स्वतः विश्वकपमा चयन हुने प्रावधान रहेको छ ।