नेदरल्यान्ड्स, डेनमार्क र स्कटल्यान्डको जित
कोपनहेगन, २७ असोज । विश्वकप छनोटअन्तर्गत युरोपेली क्षेत्रअन्तर्गत समूह जीमा नेदरल्यान्ड्स, डेनमार्क र स्कटल्यानडले जित हात पारेका छ्न । नेदरल्यान्ड्सले फिनल्यान्डलाई ४–० ले हरायो ।
सो खेलमा नेदरल्यान्ड्का सर्वाधिक गोकलर्ता मेम्पिस डिपे, डोनिल मालेन, भर्जिल भान डिक र कोडी गाप्कोले गोल गरे ।
सोही समूहअन्तर्गत भएको अर्को खेलमा पोल्यान्डले लिथुवानियालाई २–० ले हरायो । पोल्यान्डका लागि सेवेस्टियन समान्स्की र रोवर्ट लेवानडोस्कीले गोल गरे ।
समूह सीमा डेनमार्क डेनमार्कले ग्रीसलाई ३–१ र स्कटल्यान्डले बेलारुसलाई २–१ ले पराजित गरे । यी दुवै टिमको चरा खेलबाट समान दस–दस अङ्क छ । डेनमार्क गोल अन्तरमा अगाडी छ । एपी