गायिकाको आत्मदाह प्रयास : गायक बाबुल गिरी प्रहरी नियन्त्रणमा
काठमाडौं, २ कात्तिक । गायिका नितु पौडेलले आत्मदाह प्रयास गरेको घटनामा गायक तथा संगीतकार बाबुल गिरीलाई नियन्त्रणमा लिइएकाे छ ।
शनिबार गिरीको अनामनगरस्थित स्टुडियोमा गायिका पौडेलले आत्मदाहको प्रयास गरेपछि प्रहरीले गिरीलाई नियन्त्रणमा लिइएकाे हो ।
गिरीलाई सोधपुछका निम्ति जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखिएको छ। सो घटनामा गायक गिरी पनि सामान्य घाइते भएका थिए। गिरीलाई कीर्तिपुरस्थित बर्न अस्पतालले शनिबार नै डिस्चार्ज दिएको थियो।
डिस्चार्जलगत्तै केही सोधपुछका निम्ति भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाइएकाे छ ।