गायिका नितु पौडेलको निधन भएपछि गायक बाबुलविरुद्ध जाहेरी
काठमाडौं, ७ कात्तिक । आत्मदाह प्रयास गरेकी गायिका नीतु पौडेलको उपचारका क्रममा कीर्तिपुस्थित बर्न अस्पतालमा निधन भएपछि गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दर्ता भएको छ।
प्रहरी वृत्त, सिंहदरबारमा जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईले बताउनुभएकाे छ ।
कार्तिक १ गते अनामनगरस्थित बाबुलकाे एरेन्ज स्टुडियोमा गायिका नीतु पौडेलले शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेकी थिइन् । जलेर गम्भीर घाइते भएकी पौडेलकाे कीर्तिपुस्थित बर्न अस्पतालमा आज विहान निधन भएकाे हाे ।
पौडेलकाे गायक बाबुल गिरीसँग लामो समयदेखि प्रेम सम्वन्ध भएकाे खुलेकाे छ । पौडेलले
विवाहको विषयमा विवाद भएपछि आत्मदाह प्रयास गरेकी थिइन् ।
प्रहरीका अनुसार बाबुल अहिले हिरासतमा रहेकाे जनाइएकाे छ ।
