सन्तोषीलाई राष्ट्रिय कीर्तिमानसहित काश्य

काठमाडौँ, ८ कात्तिक । चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठले राष्ट्रिय कीर्तिमानसहित काश्य पदक जितेकी छन् । नेपालका धावक मुकेश पालले पनि काश्य पदक दिलाए ।

भारतको राँची, झारखण्डमा भएको प्रतियोगितामा सन्तोषीले महिला ५००० मिटर दौड १६ मिनेट ३६ः६२ सेकेण्डमा पूरा गरी कीर्तिमान बनाएकी हुन् । भारतीय खेलाडीले स्वर्ण र रजत जिते । यस समयसँगै कान्छिमाया कोजुको नाममा रहेको १५ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भङग भयो । कान्छिमायाले सन् २०१० मा भएको ग्वान्जाउ एसियाली खेलकुदमा १६ मिनेट ४९ः९८ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

यसैगरी मुकेशले निर्धारित दूरी १४ मिनेट २५.५४ सेकेण्डमा दूरी पूरा गरे । भारतका खेलाडीले स्वर्ण र श्रीलङ्काका धावकले रजत पदक हात पारे ।