‘हराएका, चोरिएका, स्थानान्तरण गरिएका प्राचीन तथा सांस्कृतिक मूर्ति तथा कलाकृति पुनःस्थापना गराउँदै छौँ ’- उपप्रमुख डंगोल
काठमाडौँ, कार्तिक १७ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महानगरपालिका भित्रका स्मारकहरुबाट हराएका, चोरिएका मूर्ति, काष्ठकला, धातुकला, चित्रकलाजस्ता सम्पत्ति पुनःस्थापना गर्न निरन्तर काम गरिरहेको बताउनुभएको छ । करिब ४५ वर्षअघि आसनबाट हराएर भेट्टाइएको तथा गौशाला प्रहरीको संरक्षणमा रहेको ब्रह्माको मूर्तिलाई वडा नं. ८ जयबागेश्वरी, गायत्री मार्गस्थित नव पुनःनिर्मित मन्दिरमा ल्याएपछिको प्रतिक्रियामा उहाँले यस्तो बताउनुभएको हो ।
मन्दिर पुनःनिर्माण र मूर्ति पुनःस्थापनाका विषयमा उहाँले भन्नुभयो, ‘वडाध्यक्षको नेतृत्व र समुदायको सक्रियता लोभलाग्दो छ । यो आपसी सम्बन्ध अन्य स्थानका लागि पनि अनुकरणीय छ ।’ चोरेर विदेशका संग्रहालयहरुमा लगिएका कला सामग्री फिर्ता ल्याउने र पुनःस्थापना गराउने काममा आफू सक्रिय रहेको बताउँदै उहाँले थप्दै भन्नुभयो, ‘म बेल्जियम पुगेका बेला त्यहाँ भेटिएका कला फिर्ता ल्याउन राजदूताबासमार्फत पहल गरेकी छु । यसको प्रक्रिया अगाडि बढेको सुनेका छौँ । राजदूताबासबाट फिर्ता भएन भने महानगरपालिका आफैँले खर्च गरेर फिर्ता गराउँछौँ । मूर्तिहरु संग्रहालयमा भन्दा जहाँ पुगिन्छन् । त्यही राख्नुपर्छ, भन्ने हाम्रो भनाइ हो ।’
ब्रह्माको मूति हराएको भेट्टाइएको र संरक्षण गरिएको विषयमा जानकारी दिँदै वडाध्यक्ष आशामान संगतले पाका स्थानीयहरुको भनाइ उधृत गर्दै भन्नुभयो, ‘एकाथरीको भनाइ छ, चोरले मूर्ति चोरेर लाँदा लैजान नसकेपछि धोवी खोलामा फालेको थियो । अर्को एकथरीको भनाइ छ,
ठाउँबाट प्रहरीले ल्याएर प्रहरी कम्पाउण्डमा राखेको चाहिँ सत्य हो ।
पशुपतिको तिलगंगा क्षेत्रमा फालिएको थियो । जता फाले पनि २०३६ देखि २०३८ का बिचमा आसनबाट मूर्ति चोरी भएको हो । र, फालिएको
वडाध्यक्ष संगतका अनुसार हराएकै १ वर्ष भएको ब्रह्मा मन्दिर उत्खनन गरेर पुनःनिर्माण गरिएको हो । प्राचीनताको लिखित दस्तावेज पाइएको छैन । तर, यसको निर्माण छैटौँ शताव्दीमा भएको मानिन्छ । संगतले जानकारी दिनुभयो ।
मन्दिर पुनःनिर्माण गर्दा जगको बनावट, प्रयोग भएका निर्माण सामग्रीका आधारमा पुरातत्वविदहरुबाट मन्दिरको रेखाङ्कन गराएका गराइएको हो । यही नक्सामा माटो, इटा र काठको प्रयोगबाट वडाले निर्माण गराएको मन्दिर दुई तलाको प्यागोडा शैलीको छ ।