विश्वकप लिग-२ मा नेपालले आज युएईसँग भिड्दै

काठमाडौं, १९ कात्तिक । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज आयोजक युएईसँग प्रतिस्पर्धा गर्दैछ।

युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे खेल सुरु हुनेछ।

जारी शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भयो।

नेपालले आजको खेल जित्नै पर्ने दबाबमा छ। लिग दुईको यो शृङ्खलाको आयोजकसमेत रहेको युएईलाईसमेत नेपालसँगको खेल जित्नुपर्ने दबाब छ। अमेरिका, नेपाल र युएई सहभागी यो शृङखलामा अमेरिका अपराजित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *