चैतमा ए डिभिजन लिग गर्ने सहमति
काठमाडौँ, २५ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) ले १२० दिनभित्र शहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु गर्न सहमति जनाएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले सहजीकरण गरेको बैठकमा मङगलबार एन्फा पदाधिकारी, ए डिभिजन क्लब प्रतिनिधि र फुटबल खेलाडी संघ शहीद स्मारक लिग यसै वर्ष चैतमा गर्ने सहमत भएको हो । खेकलदु मन्त्री बब्लु गुप्ताले भने– अहिले एन्फाले ए डिभिजन लिगको मिति प्रस्ताव गर्नुस् । म त्यही मितिमा क्बलहरुसँग प्रस्ताव गर्छु ।
एन्फा अध्यक्ष पंकजबिक्रम नेम्बाङले चैतसम्ममा ए डिभिजन गर्न सकिने बताए । यसअघि एन्फा र १४ वटा ए डिभिजन क्लबबीच राष्ट्रिय लिग पुस पहिलो सातादेखि गर्ने सहमती भएको थियो । तर यो सहमतिपछि राष्ट्रिय लिग पछि मात्र हुने भएको छ ।