संसद पुनर्स्थापना गरी जेन-जीका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : सभामुख घिमिरे
झापा, २८ कात्तिक । सभामुख देवराज घिमिरेले असंवैधानिक विघटनपश्चात् संसदको यथाशीघ्र पुनर्स्थापना हुनुपर्नेमा जोड दिंदै सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको मुद्दालाई प्राथमिकताका साथ छलफलमा ल्याउनेमा आफू विश्वस्त रहेको बताउनुभएकाे छ ।
बिहीबार झापाको बिर्तामोडस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले कानुनी, व्यावहारिक र राष्ट्रिय आवश्यकताका आधारमा संसद पुनर्स्थापना अपरिहार्य भएकाे यहाँले बताउनुभयाे । उहाँले जननिर्वाचित संस्था भंग हुँदा मुलुक थप संकटमा फसेको भन्दै छिट्टै सभा सञ्चालन गर्ने परिस्थिति सिर्जना भई मुलुकलाई निकास दिन सकिने बताउनुभयाे ।
“संसद पुनर्स्थापना गरेर अहिलेका समस्याहरू सम्बोधन गर्ने गरी संविधान संशोधन गरेर जान सकिन्छ,” सभामुख घिमिरेले भन्नुभयाे, “जेन-जीहरूको माग सम्बोधन गर्ने बाटो पनि यही हो।” उहाँले संविधानका कुन-कुन विषय संशोधन गर्नुपर्ने हो, सोबारे छलफलबाट समाधान खोज्दै अघि बढ्नुपर्ने सुझाव दिनुभयाे ।