क्रोसिया विश्वकपमा चयन

पेरिस, २९ कात्तिक । फारोइ आइल्यान्डलाई शुक्रबार रात ३–१ ले हराएर सन् २०१८ को उपविजेता क्रोसिया विश्वकप फुटबलमा चयन भएको छ ।

क्रोसियाका लागि जोस्को ग्वार्डियोल, पिटर मुसा र निकोला भ्लासिचले तथा फारोइ आयल्यान्डका गेजा डेभिड टुरीले गरे । सो खेलमा अग्रता घरेलु टिम फारोइ आइल्यान्डले बनाएको थयो । समूह एलमा फारोइ आयल्यान्डको यो अनितम खेल थियो । यस हारपछि फारोइ आयल्यान्ड तेस्रो स्थानमा सीमित भएको छ ।

यसैगरी नेदरल्यान्ड्स पनि पोल्यान्डसँग १–१ ले बराबरीमा खेलेर विश्वकपको सङघारमा पुगेको छ ।