काश्मीरमा प्रहरी चौकीभित्र विस्फोट : ९ जनाको मृत्यु, ३१ घाइते

काठमाडौँ, कार्तिक २९ । भारतको काश्मीरस्थित श्रीनगरको नवगाम प्रहरी चौकीभित्र शुक्रबार राति भएको भीषण विस्फोटमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने करिब ३१ जना घाइते भएका छन् । विस्फोटपछि प्रहरी चौकी र परिसरभित्र रहेका सवारी साधनमा आगलागी भई ठूलो क्षति पुगेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, दिल्लीमा हालै भएको कार बम विस्फोटसम्बन्धी अनुसन्धानका क्रममा फरीदाबादबाट ल्याइएका विस्फोटक सामग्री जाँच गर्ने क्रममा यो दुर्घटना भएको बताइएको छ । यद्यपि, प्रहरीले यस सम्बन्धमा कुनै आधिकारिक बयान दिएको छैन ।

मृत्यु हुनेहरूमध्ये अधिकांश प्रहरी तथा फरेन्सिक टोलीका सदस्य रहेको जनाइएको छ । घटनापछि ठूलो सङ्ख्यामा दमकल र एम्बुलेन्स परिचालन गरी घाइतेहरूलाई नजिकका अस्पतालमा पुर्‍याइएको थियो ।

यसअघि दिल्लीको लालकिल्ला नजिकै सोमबार भएको कार विस्फोटमा सुरुमा ८ जनाको मृत्यु भएकोमा, पछिल्ला रिपोर्टहरूले मृतक सङ्ख्या १३ पुगेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *