फ्रान्समा एक करोड २० लाख डलर बराबरको गहना चोरी

काठमाडौँ, कार्तिक २९ ।  उत्तरी फ्रान्समा चोरहरूले १ करोड २० लाख अमेरिकी डलर बराबरको गहना चोरी गरेका छन् । लिली नजिकैको मध्य रूबैक्समा रहेको एक गहना पसलमा बुधबार राति चोरहरूले पसलका मालिक र उनकी श्रीमतीलाई केही समय बन्धक बनाएर बहुमूल्य गहनाहरू लिएर भागेका थिए ।

प्रहरीका अनुसार चोरी भएका गहनाको मूल्य ५ लाखदेखि १० लाख युरो (५ लाख ८० हजारदेखि १ करोड २० लाख अमेरिकी डलर) बराबर रहेको अनुमान गरिएको छ । यस घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका केही व्यक्तिहरूमाथि अपहरण, संगठित अपराध र सशस्त्र चन्दा असुलीको विषयमा अनुसन्धान भइरहेको छ ।

बुधबार नै रूबैक्समा भएको अर्को एक घटनामा, केही व्यक्तिहरूले मुख्य हुलाक कार्यालयको नगद स्थानान्तरण गर्ने ठाउँ तोडफोड गरी एउटा झोला लिएर भागेका थिए। तर, उक्त झोलामा केही पनि नभएको पाइएको थियो। यस घटनामा संलग्न ६ जनालाई सोही साँझ पक्राउ गरिएको थियो ।

गत महिना पेरिसको लुभ्र म्युजियममा पनि एक गिरोहले दिनदहाडै छापा मारेर १ करोड २० लाख अमेरिकी डलर बराबरको बहुमूल्य तथा ऐतिहासिक गहना चोरी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *