कृषि जग्गाको विवादमा इराकी २ आदिबासी बिच झडप : ८ जनाको मृत्यु
काठमाडौँ, कार्तिक २९ । मध्य इराकको वासित प्रान्तमा कृषि जग्गाको विवादलाई लिएर आदिवासी समुदायबीच भएको झडपमा ८ जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् । शनिबार खेसान गाउँमा बेदुइन जनजातिका सदस्यहरूबीच कृषि जग्गाको विषयमा विवाद चर्किएको सुरक्षा स्रोतले एएफपीलाई जानकारी दिएको छ ।
घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि झडप अझै रोकिएको छैन । इराकमा लामो समयदेखि स्थानीय आदिवासी समुदायहरूबीच सामान्य विवादमा पनि बारम्बार घातक झडपहरू हुने गरेका छन् ।
सन् २००३ मा सद्दाम हुसेनलाई अपदस्थ गर्न अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि लामो हिंसाको चपेटामा परेको इराकले हालै मात्र केही स्थिरताको अनुभव गर्न थालेको छ ।
