स्पेन विश्वकपको सङ्घारमा

म्याड्रिड, ३० कात्तिक । युरोपियन च्याम्पियन स्पेन आइतबार जर्जियालाई ४–० ले हराएर विश्वकप फुटबल प्रतियोगिताको संघारमा पुगेको छ । मिकेल ओयरजाबलले दुई गोल गरेपछि स्पेनको जित सहज बनेको हो ।

यस समूहमा स्पेनभन्दा टर्की तीन अङ्कले पछाडि छ । टर्कीले सोही रात बुल्गेरियालाई २–० ले हराएको थियो । टर्कीसँगको ठूलो अन्तरको हारले मात्र स्पेनको विश्वकपमा स्वत चयन हुनबाट वञ्चित हुनेछ ।