जर्मनी र नेदरल्यान्ड्स विश्वकपमा चयन
म्युनिख, २ मङ्सिर । जर्मनी र नेदरल्यान्ड्स विश्वकप फुटबल प्रतियोगिता २०२६ मा चयन भएका छन् ।
चार पटकको विजेता जर्मनीले सोमबार राति स्लोभाकियालाई ६–० ले हराएर विश्वकप फुृटबल प्रतियोतिगा २०२६ मा चयन भएको हो । यसैगरी नेदरल्यान्ड्सले लिथुवानियालाई ४–० ले हराएर विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्यो ।
जर्मनीका लागि लारोइ सानेले दुई तथा निक वोल्टमेड, सर्जी गाब्री, स्थानापन्न खेलाडी रडिल बाकु र १९ वर्षीय असन ओड्राएगोले एक–एक गोल गरे । देदरल्यान्ड्स पनि नेदरल्यान्ड्सका लागि टियानी राइडर्स र कोडी गाप्कोले गोल गोल गरे ।