अल्ट्रा रनर दाबाले अष्ट्रेलियामा हुने अल्ट्रा ट्रेल रनमा भाग लिने
काठमाडौँ, ३ मङ्सिर । अष्ट्रेलियामा मङ्सिर १२ गते आयोजना हुन लागेको कोस्की १०० फर अल्ट्रा ट्रेलमा कालिका गाउपालिका १ रसुवा निवासी अल्ट्रा एवं ट्रेल रनरं दावा तामाङ्गले नेपालंबाट भाग लिने भएका छन् ।
“देशको लागि दौड, उत्साहका साथ उत्थान“ को नारा लिएर विगतका लामो समय देखि खेलकुद र समाज सेवामा समर्पित हुदै आई रहनु भएका दावा तामाङ्ग कालिका गाउपालिका वडा नं.१ का अध्यक्ष समेत हुन् ।
करांते खेलका कुशल खेलाडी एवं प्रशिक्षक समेत रहनु भएका धावक तामाङ्ग बिगत एक बर्ष अगाडीबाट अल्ट्रा एवं ट्रेल रनरको रुपमा प्रवेश गरि गत अप्रिलमा सम्पन्न वल्र्ड एक्सिट्रम फसटेल १०० अल्ट्रामा रजत पदक जितेका थिए । धावक दावा तामाङ्गलाई नेपाल कराते महासंघ र नेपाल भेन्चर रनिङ महासंघले सफलताको शुभेच्छा एवं शुभकामना सहित बिदाई गरेको छ ।