नेपाली बजारमा सुनको मूल्य १९०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
काठमाडौँ, ८ मङ्सिर । नेपाली बजारमा सोमबार सुनको मूल्यमा १९०० रुपैयाँले सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको हो।
यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। आइतबार तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार २० रुपैयाँले घटेर ३ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।